January 10th, 2017

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको छ लाख कित्ता आईपिओ माघ ९ गतेदेखि

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर (आईपिओ) माघ ९ गतेदेखि निष्काशन हुने भएको छ । माइक्रोपÞmाईनान्सले एक सय रुपैयाँ अंकित दरमा ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । संस्थाको सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।  

संस्थाले ३० हजार कित्ता सेयर कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ । बाँकी ५ लाख ४० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सक्नेछन् । यसबाहेक, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा र उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सेयर निष्काशन छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते बन्द हुनेछ ।

संस्थाले गत पुस १९ गते नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशन गर्न अनुमति पाएको थियो । दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोपÞmाईनान्स वित्तीय संस्थाले २०६९ सालमा नेपाल राष्ट्र बैंकबाट ’घ’ बर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती प्राप्त गरेको थियो । 

हाल फरवार्ड कम्युनिटीको चुक्तापुँजी १४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम हुनेछ । नेटवर्थ ३५० रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी १२६.९५ रुपैयाँ रहेको छ ।