Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंकहरूको निक्षेप बढ्यो

२०८३ बैशाख ४ गते
सेयर:

बैंकिङ खबर / चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप करिब ६ खर्ब रुपैयाँले बढेको छ । यो अवधिमा कर्जा भने पौने ३ खर्ब रुपैयाँ मात्रै गएको छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तसम्म बाणिज्य बैंकहरुको निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ । यस अवधिमा कर्जा भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ । लगानीको वातावरण नहुँदा कर्जा विस्तारमा सुस्तता आएको देखिन्छ । नयाँ सरकारको गठन सँगै स्थायीत्व कायम हुने र कर्जा बृद्धि हुने अपेक्षा गरिएको छ ।