२०८३ बैशाख २ गते

आइएमएफको प्रतिवेदन : युद्धका कारण विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित

बैंकिङ खबर / अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमफको सम्मेलनले युद्धका कारण विश्व अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको निश्कर्ष निकालेको छ । अमेरिकाको वासिङ्टन डीसीमा भएको सम्मेलनले युद्धका कारण विश्वको वित्तीय क्षेत्रलाई ठुलो असर पारेको उल्लेख गरेको छ । सम्मेलनमा सार्वजनिक प्रतिवेदनले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आर्थिक वर्ष २०२४/२५ को आर्थिक वृद्धिदरभन्दा कम हो । यसरी विश्वको आर्थिक वृद्धिदर खुम्चिनुमा अमेरिका, इजरायल र इरानको युद्धलाई मूल कारण मानिएको छ । यस्तै प्रतिवेदनले विश्वको मुद्रास्फीति २०२६ मा ४.४ प्रतिशत रहने र २०२७ मा ३.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अमेरिकाको वासिङ्टन डीसीमा भएको सम्मेलनले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२६ को अनुमान गत जनवरीको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले घटाइएको छ भने सन् २०२७ को अनुमान स्थिर राखिएको छ । आर्थिक वर्ष २०२४ २५ मा ३.४ प्रतिशत आर्थिक वृद्धिको लक्ष राखिएको थियो । कोषले विश्वव्यापी वित्तीय स्थिरता प्रतिवेदन २०२६ पारीत गरेर सार्बजनिक गरेको छ । पश्चिम एसिया र मध्य पूर्वमा भएको युद्धले विश्व अर्थतन्त्र खलबलिएको छ । यसको असर धेरै हुन सक्ने जोखिम आईएमएफले औंल्याएको छ । यस युद्धले बस्तुको बजार, मुल्यबृद्धि र वित्तीय अवस्थालाई चर्को दवाव दिएको छ । युद्धले एसिया क्षेत्रमा उदयमान र विकशित हुँदै गरेका देशको अर्थतन्त्र पनि प्रभावित हुने देखिएकोे छ ।