Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल बीमा सर्भेयर संघको १७औं वार्षिक साधारण सभा सम्पन्न

admin २०८२ चैत्र २९ गते
सेयर:

बैंकिङ खबर / नेपाल बीमा सर्भेयर संघ (NISA) को १७औं वार्षिक साधारण सभा २०८२ चैत २८ गते भव्य रूपमा सम्पन्न भएको छ। उक्त सभाले आगामी दुई वर्षका लागि ई. ऋषि कोइरालाको अध्यक्षतामा १०औं नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रको समग्र विकासमा सर्भेयरहरूको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो।

विशेष अतिथिको आसनबाट बोल्दै नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  वीरेन्द्र बहादुर बैदवारले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले सर्भेयरहरूद्वारा तयार पारिने प्रतिवेदनमा एकरूपता ल्याउन र यस क्षेत्रलाई थप व्यवस्थित बनाउन NISA को भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो। त्यस्तै, वरिष्ठ सर्भेयरहरू सूर्यप्रसाद जोशी र शिवचन शाखले नयाँ टोलीलाई शुभकामना दिँदै सर्भेक्षणको क्षेत्रमा रहेका विसंगति र बेथितिहरू विरुद्ध लड्न नयाँ कार्यसमिति सफल हुने विश्वास व्यक्त गर्नुभयो। सभामा निवर्तमान अध्यक्ष मोहन पुरुष ढकालले आफ्नो कार्यकालमा हासिल भएका प्रमुख उपलब्धि र माइलस्टोनहरू प्रस्तुत गर्नुभएको थियो।

साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा ई. ऋषि कोइराला (नेपाल भ्यालुअर्स एशोसिएशनका पूर्व अध्यक्ष), उपाध्यक्षमा सीए. भानु कँडेल (अडिटिङ स्ट्याण्डर्ड्स बोर्ड नेपालका पूर्व अध्यक्ष), महासचिवमा ई. नवीन भट्ट, सचिवमा ई. लोचन केन्द्र देवकोटा र कोषाध्यक्षमा ई. खेमराज भट्ट चयन हुनुभएको छ। यसैगरी कार्यकारी सदस्यहरूमा ई. राजेश घिमिरे, ई. सुवास तिवारी, ई. अनुप शर्मा र ई. सुशान्त लिम्बू निर्वाचित हुनुभएको छ। दुई वर्षको कार्यकाल रहेको यो १०औं कार्यसमितिले बीमा सर्भेयरहरूको हकहित र व्यावसायिक दक्षता वृद्धिका लागि कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।