२०८२ चैत्र २० गते

निर्धन उत्थान लघुबित्त जोगबुडा शाखाद्वारा बिमा क्षतिपुर्ति रकम बितरण

बैंकिङ खबर / निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाले एक कार्यक्रमका बिच सदस्यलाई बिमा क्षतिपुर्ति रकम प्रदान गरेको छ।

परशुराम नगरपालिका वडा नं १२ पुन्तुरामा संचालन रहेको पुन्तुरा महिला समुह कि सदस्य सुमन वडैलाका श्रीमान मान वहादुर जागरीको सडक दुर्घटनामामृत्यु भए पश्चात सस्थाद्वारा प्रदान गरिने विमा क्षतिपूर्ती रकम प्रदान गरिएको छ।

निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाका शाखा प्रमुख जिबुप्रकाश सुबेदीले मृतककी श्रीमती सुमन वडैलालाइ उक्त कार्यक्रमका बिच क्षतिपुर्ति बापतको रकम रु ४ लाख ६० हजार रुपैया चेकमार्फत् प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख जिबुप्रकाश सुबेदीले सस्थाले ७७ जिल्लामै कार्यक्रम सन्चालन गरि सुख दु:खको साथी निर्धन लघुबित्त रहेको प्रस्ट्याउनु भयको थियो। संस्थाले कर्जा बचत मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उल्लेख्य भुमिका निर्बाह गर्दै आयको जानकारी दिनुभयो।

२०६७ साल देखी परशुराम र आलिताल लाई आफ्नो कार्यक्षेत्र बनाइ कार्य गरेको जोगबुडा शाखाले बिगतमा जोगबुडा क्षेत्रमा अन्य बैंक बित्तिय सस्थाको पहुंच नहुंदा समेत राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा र रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आयको जानकारी दिनुभयो। उक्त कार्यक्रममा केन्द्रका सदस्यहरु, स्थानिय बुद्दिजिबी र अभिभावक गरि करिब १८ जनाको उपस्थिति रहेको उक्त कार्यक्रम शाखाका लेखापाल धिरेन्द्र बहादुर खत्रीले संचालन गर्नुभएको थियो।