Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

के हो अन्तरबैँक विद्युतीय भुक्तानी प्रणाली ? 

२०७२ चैत्र १४ गते

bankingनेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ । बैँक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ । 

यसैअन्तर्गत, पछिल्लो दिनहरुमा नेपाल क्लियरिङ हाउसले विभिन्न बैँक तथा वित्तिय संस्थाहरुसँग अन्तरबैँक विद्युतीय भुक्तानी प्रणालीसम्बन्धि सम्झौता गरिरहेको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा कम्पनीले ल्ऋज्ी(क्ष्एक् प्रणालीका लागि ४४ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यका रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यका रुपमा सम्झौता गरिसकेको छ । नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ४८ पुगेको छ । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । हाल नेपाल क्लियरिङ हाउस सँग अन्तर बैँक विद्युतीय भुक्तानी प्रणाली सेवा लिनका लागि विभिन्न बैँक तथा वित्तिय संस्थाहरुको सम्झौता भइरहेको छ । आगामी बैशाख महिनाबाट यो सेवा सुचारु गरिने नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी गराए । 

साथै, कम्पनिले हाल संचालन गर्दै आएको ल्ऋज्ी(भ्ऋऋ सेवामार्फत आफ्ना १२४ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २,६६२ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । बिना चेक बैँकिङ कारोबार तथा बील भुक्तानीका लागि कम्पनिले यो सेवा प्रदान गरेको हो । यस प्रणालीमा सिधै कागजको चेक प्रयोग नगरेर चेकको फोटो एक वित्तिय संस्थाबाट अर्को वित्तिय संस्थामा ट्रान्सफर गरिन्छ । यस प्रणालीले पुरानो बैँकिङ कारोबारलाई विस्तारै प्रतिस्थापन गरिरहेको छ भने उपभोक्ता र बैँक दुबैको समयको पनि बचत भइरहेको छ ।  

अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।