बैंकिङ खबर / आन्दोलनपछि बनेको नयाँ सरकार अहिले युवाहरूको नेतृत्वमा अघि बढिरहेको छ, जसले देशमा सकारात्मक परिवर्तन ल्याउने आशा नागरिकहरूमा बढाएको छ। विशेषगरी आर्थिक विकास, उद्योग–धन्दा विस्तार र व्यवसायमैत्री वातावरण निर्माणमा यो सरकारबाट ठूला अपेक्षाहरू गरिएको छ । देशमा उद्योग–धन्दा फस्ट्याउनका लागि अहिले देखिएका विभिन्न बाधा–अवरोधहरू हटाउनु अत्यन्त आवश्यक छ । विगतमा मन्त्रालयहरू धाउँदा पनि काम नहुने, व्यापार गर्न जटिल प्रक्रिया र अनावश्यक झन्झट व्यहोर्नुपरेको अवस्था अब दोहोरिनु हुँदैन भन्ने व्यवसायीहरूको अपेक्षा छ । त्यसैले नयाँ सरकारले नीतिगत रूपमा सहजीकरण गर्दै व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्छ ।
त्यसैगरी, नागरिकले तिरेको कर (ट्याक्स) को सही सदुपयोग नहुँदा जनतामा निराशा बढेको छ । अब आउने सरकारले पारदर्शिता र उत्तरदायित्वका साथ करको सदुपयोग गर्ने व्यवस्था गर्नुपर्छ । अनुदान वितरणमा पनि प्रभावकारिता नदेखिएको गुनासो छ, जसलाई सुधार्दै किसानहरूलाई सहज रूपमा मल, बीउ र आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ ।
कृषि क्षेत्रलाई आत्मनिर्भर
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन नेपालमै सबै प्रकारका तरकारी उत्पादन गर्न सकिने वातावरण तयार गर्नुपर्छ । यसका लागि आवश्यक पूर्वाधार, प्रविधि र बजार व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्छ । साथै, नियम–कानुनलाई अझ व्यवहारिक बनाउँदै आवश्यक सुधारहरू संवैधानिक तथा कानुनी रूपमा पनि गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले कालोसूचीमा राखिएका व्यवसायीहरूका सम्बन्धमा पनि व्यवहारिक निर्णय लिनुपर्ने माग उठेको छ । कालोसूचीका कारण व्यवसाय नै ठप्प हुने अवस्था अन्त्य गर्दै सुधारको अवसर दिनु आवश्यक छ । किसानहरूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउने सुनिश्चितता, बजार व्यवस्थापन र भण्डारण (कोल्ड स्टोरेज) को विकास पनि अत्यन्त आवश्यक छ । कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई न्यूनिकरण गर्नुपर्ने देखिन्छ । बैंकिङ क्षेत्रतर्फ हेर्दा, व्यवसायी र सर्वसाधारणले सहज रूपमा कर्जा पाउने वातावरण अझै सुदृढ गर्नुपर्ने आवश्यकता छ । उच्च ब्याजदर, जटिल प्रक्रिया र धितोसम्बन्धी कडाइका कारण साना तथा मध्यम व्यवसाय प्रभावित भएका छन् । त्यसैले बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्छ । डिजिटल बैंकिङ सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रमा समेत वित्तीय पहुँच बढाउनु आजको आवश्यकता हो । साथै, कर्जा असुली प्रक्रियालाई मात्र कडा बनाउने होइन, समस्यामा परेका व्यवसायीलाई पुनस्र्थापनाको अवसर दिने नीति पनि आवश्यक देखिन्छ ।
रोजगारी सिर्जना अहिलेको सबैभन्दा ठूलो चुनौती
रोजगारी सिर्जना अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ । युवा पुस्तालाई देशमै अवसर उपलब्ध गराउँदै वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति सरकारले अवलम्बन गर्नुपर्छ । सीप विकास, स्टार्टअप प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ आर्थिक ढोका खोल्नु आवश्यक देखिन्छ । बैंकिङ क्षेत्रको सुदृढीकरण आजको आर्थिक विकासको प्रमुख आधार हो । व्यवसायी तथा सर्वसाधारणले सहज रूपमा कर्जा पाउने वातावरण निर्माण गर्नु अत्यन्त आवश्यक छ । हाल उच्च ब्याजदर, जटिल प्रक्रिया तथा धितोसम्बन्धी कडाइका कारण विशेषगरी साना तथा मध्यम व्यवसायहरू प्रभावित भइरहेका छन् । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदै सहुलियतपूर्ण कर्जा प्रवाहमा जोड दिनुपर्छ। साथै, डिजिटल बैंकिङ सेवाको विस्तार गरी ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पु¥याउनु आजको आवश्यकता हो । कर्जा प्रवाहलाई मात्र होइन, समस्यामा परेका व्यवसायीहरूलाई पुनस्र्थापनाको अवसर दिने लचिलो र व्यवहारिक नीति अपनाउनु पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ । ई–गभर्नेन्सको प्रभावकारी कार्यान्वयनले भ्रष्टाचार नियन्त्रण गर्न र सेवामा जनविश्वास बढाउन मद्दत पु¥याउनेछ ।
ग्रे लिष्टबाट हटाउने प्रयास
नेपाल अहिले पनि ग्रे लिष्टमा राखिएको देश हो । पछिल्लो समय सरकारले सम्पत्ति सुद्धिकरणलाई महत्वपूर्ण ढंगले उठाउन चाहेको छ । सम्पत्ति शुद्धिकरण र ग्रे लिष्टबीचमा सम्बन्ध देखिन्छ । यसर्थ सम्पत्ति सुद्धिकरणको विषय कार्यान्वयनमा आयो भने देश ग्रे लिष्टबाट बाहिरीन सक्ने प्रवल सम्भावना औल्याइएको छ । गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोबारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध बनाउने प्रयत्न भएको हुन्छ ।



