२०८२ चैत्र २ गते

रोकीएन हुण्डी, १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ !

बैंकिङ खबर / हुन्डी र अभौतिक मुद्राको कारोबारमा २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई एक करोड १६ लाख नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका एटीएम, नागरिकता, ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।परिसरबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंका नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ ।