Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ट्रम्पले इरानलाई दिए २० गुणा प्रहारको चेतावनी

२०८२ फाल्गुन २६ गते

बैंकिङ खबर / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई हर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति रोक्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले इरानले यस्तो कदम चाल्यो भने अमेरिकाले अहिलेसम्मको भन्दा २० गुणा कडा सैन्य प्रहार गर्ने बताएका हुन्।

हर्मुज जलडमरू विश्वको प्रमुख ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब पाँचौँ भाग कच्चा तेल ढुवानी हुन्छ। यस मार्गमा अवरोध आए अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भई विश्व अर्थतन्त्र र तेल आयातमा निर्भर देशहरूमा महँगी बढ्ने जोखिम रहने विश्लेषण गरिएको छ।