Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खर्बपति धनाड्य विनोद चौधरीको निर्वाचनमा पराजय

२०८२ फाल्गुन २४ गते

बैंकिङ खबर / नवलपरासी बर्दघाट-सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा खर्बपति तथा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरी निर्वाचनमा पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनालले चौधरीलाई ठूलो मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।

निर्वाचन आयोगका अनुसार खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत मात्र पाए। यसरी खनालले चौधरीलाई करिब ३५ हजार मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

व्यवसायिक क्षेत्रका चर्चित व्यक्तित्व तथा देशका धनी उद्योगपतिमध्ये एक मानिने चौधरीको निर्वाचनमा भएको पराजयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। नयाँ शक्ति रूपमा उदाउँदै गएको रास्वपाले भने यस क्षेत्रबाट प्रभावशाली जित दर्ता गर्दै आफ्नो उपस्थिति बलियो बनाएको छ।