Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डा. स्वर्णिम वाग्ले भावि अर्थमन्त्री बन्ने सम्भावना

२०८२ फाल्गुन २४ गते

बैंकिङ खबर / राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई भावि अर्थमन्त्रीका रुपमा हेरीएको छ । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विजयी भाएका छन्। मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन आयोगले जनाएको छ । वाग्लेलाई रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनको प्रचारप्रसारकै क्रममा आगामी आर्थिक वर्षको बजेट लेखमा लाग्न निर्देशन दिइसकेका थिए। उनको यो भनाइले वाग्लेलाई आगामी सरकारको अर्थमन्त्रीका रुपमा हेरिएको छ। डा। वाग्लेले यस अघि राष्ट्रिय योजनाको आयोगको सदस्य हुँदै उपाध्यक्षका रुपमा काम गरेको अनुभव छ । उनले युनडिपी एशिया प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारको रुपमा रहे। पनि काम गरीसकेका छन् । लण्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका वाग्ले एक अर्थशास्त्रीका रुपमा पनि चिनिन्छन् ।