२०८२ फाल्गुन ११ गते

कर्जाको विषयलाई राजनीतिक एजेण्डा किन बनाए दलहरुले ?

बैंकिङ खबर / राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा कर्जाको विषयलाई राजनीतिक एजेण्डाका रुपमा अघि सारेका छन् । उनीहरुले आफ्नो घोषणापत्रमा उद्यमशीलताका लागि विभिन्न सर्वसुलभ व्याजदरमा कर्जा दिने भन्दै उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसले ‘रोजगारी कांग्रेस’ अभियान भन्दै आगामी पाँच वर्षभित्र १५ लाख मर्यादित तथा उत्पादनशील रोजगारी सिर्जना गर्ने लक्ष्य घोषणा गरेको छ । उक्त पार्टीले मिसन रोजगारी मार्फत चार क्षेत्रमा विशेष जोड दिएको छ। सूचना प्रविधि, पर्यटन, कृषि र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर विस्तार गरिने, यी क्षेत्रलाई लगानी, पूर्वाधार र सीप विकाससँग जोड्दै आन्तरिक तथा निर्यातमुखी रोजगारी बढाइने उल्लेख गरेको छ। सरकारमा आए कांग्रेसले नयाँ सोच र नवप्रवर्तनशील परियोजना भएका युवा तथा महिलालाई परियोजनाकै धितोमा ५ देखि ५० लाख रूपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने योजना सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ नाघाउने लक्ष्य लिएको छ। उसले ५ वर्षमा १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । कांग्रेसले फार्म टु फ्याक्ट्रीु अभियान चलाउने र त्रिविविलाई राष्ट्रिय विश्वविद्यालय बनाउने पनि बताएको छ ।

काँग्रेसले १० बुँदे घोषणापत्रमा आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उल्लेख गरेको छ । निजी क्षेत्रलाई गाली गरेर दलालको ट्याग लगाउनु नहुने भन्दै कानुनको दायरामा बसेर नाफा कमाउनेलाई सम्मान गर्नुपर्ने जनाइएको छ । काठमाडौं–हेटौंडा जोड्ने सडक एक वर्षभित्र सबै समय आवागमन नरोकिने गरी स्तरोन्नतिको घोषणा गरिएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार सम्पन्न, द्रुतमार्ग निर्माण सम्पन्न, बीपी राजमार्ग पुनर्निर्माणलाई गति दिनेसमेत कांग्रेसको घोषणापत्रमा छ । काँग्रेसले नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको बताएको छ । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने उल्लेख छ । कांग्रेसले बढ्दो बेरोजगारी र युवा पलायनलाई रोक्न आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। श्रम बजारमा वर्षेनी भित्रिने ३ देखि ५ लाख जनशक्तिलाई स्वदेशमै मर्यादित रोजगारी दिने कांग्रेसले उल्लेख गरेको छ ।

 नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने उल्लेख छ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ ।

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब बनाउने लक्ष्य राखेको छ। उसले ५ वर्षभित्र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरेका छन्। एमालेले ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। एमालेले समृद्धिका २५ वटा स्तम्भहरू पहिचान गरेको छ, जसमा स्वदेशमै रोजगारी, स्वदेशमै आधुनिक खेती, उन्नत व्यवसाय, स्वच्छ ऊर्जा र हरित विकास जस्ता विषयहरू समावेश छन्। उनीहरूले महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको निशुल्क जीवन बीमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एमालेले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान स्वरुप वार्षिक ५ हजार रुपैयाँ बैंक खातामा थपिदिने प्रतिबद्धता जनाएको छ । एमालेको घोषणापत्रमा कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पुँजी बजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा बाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ । आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामर्थ्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ ।  नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ, बबई, भेरी–बबई, सुनकोशी–मरिन, रानी जमरा, सिक्टासहित सिँचाइ आयोजना निर्माण सक्ने घोषणा गरेको छ । पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी राजमार्गलाई डेडिकेटेड डबल लेन स्तरमा निर्माण गरिने  एमालेको लक्ष्य छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जनाइएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै उसले यस्तो कर्जाको व्यबस्था गर्ने बताएको हो । सो पार्टीले सुशासन र नीतिगत सुधारलाई जोड दिएको छ । रास्वपाले नेपालको परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकास गर्ने बताएको छ । वाचापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक औसत ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने उल्लेख छ । विदेशी लगानी भित्र्याउन र मुनाफ लैजान सरल नीति बनाउने तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जनाइएको छ । साथै विदेशमा रहेका नेपालीहरूको पूँजीलाई ‘डलर खाता’ को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधानसहित ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने योजना पत्रमा उल्लेख गरिएको छ । पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउने उल्लेख छ । सरकार गठन भएको १ सय दिनभित्र सहकारीका साना बचतकर्ताको बचत खातामा फिर्ता गर्नेसमेत रास्वपाको घोषणा छ । सूचना प्रविधि क्षेत्रबाट अहिलेको १ अर्ब ५० करोड डलरको निर्यात १० वर्षभित्र ३० अर्ब डलर पुर्‍याउने लक्ष्य समेत रास्वपाले राखेको छ । विदेशी लगानी भित्र्याउन र मुनाफ लैजान सरल नीति बनाउने तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जनाइएको छ । साथै विदेशमा रहेका नेपालीहरूको पूँजीलाई ‘डलर खाता’ को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधानसहित ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने योजना पत्रमा उल्लेख गरिएको छ ।