बैंकिङ खबर / नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने उल्लेख छ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ ।
नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब बनाउने लक्ष्य राखेको छ। उसले ५ वर्षभित्र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने दाबी गरेका छन्। एमालेले ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। एमालेले समृद्धिका २५ वटा स्तम्भहरू पहिचान गरेको छ, जसमा स्वदेशमै रोजगारी, स्वदेशमै आधुनिक खेती, उन्नत व्यवसाय, स्वच्छ ऊर्जा र हरित विकास जस्ता विषयहरू समावेश छन्। उनीहरूले महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र ५ लाखको निशुल्क जीवन बीमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । एमालेले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सम्मान स्वरुप वार्षिक ५ हजार रुपैयाँ बैंक खातामा थपिदिने प्रतिबद्धता जनाएको छ । एमालेको घोषणापत्रमा कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पुँजी बजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा बाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ । आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामर्थ्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ, बबई, भेरी–बबई, सुनकोशी–मरिन, रानी जमरा, सिक्टासहित सिँचाइ आयोजना निर्माण सक्ने घोषणा गरेको छ । पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी राजमार्गलाई डेडिकेटेड डबल लेन स्तरमा निर्माण गरिने एमालेको लक्ष्य छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ ।
