Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

नेपाली कांग्रेसले वार्षिक १० लाखसम्मको आम्दानीमा कर छुट दिने

२०८२ फाल्गुन ७ गते

बैंकिङ खबर /  नेपाली कांग्रेसले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ । सो पार्टीले आफ्नो सरकार बनेमा वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको हो । पार्टी सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र अर्थात प्रतिज्ञा पत्रमा आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ११५ खर्बको बनाउने घोषणा पनि गरेको छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे ।कांग्रेसले ‘उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र’लाई आफ्नो मुख्य मन्त्र बनाउँदै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’ घोषणा गर्ने संकल्प गरेको छ। नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे । संस्थागत सीमा २० प्रतिशतमा झार्ने सभाति थापाले बताए । नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने उनको भनाइ छ । भृकुटीमण्डपको चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरू समेत निजी क्षेत्रको एक हिस्सा रहेको उनले बताए । कांग्रेसले आफ्नो सरकार बनेको तीन महिना भित्रै नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता सभापति थापाले दोहोर्‍याए ।