Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारी छनोट गर्नुअधि पाँच कुरा अनिवार्य जाँच गर्न महानगरको आग्रह !

२०८२ फाल्गुन ६ गते

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई धेरै ब्याजको लोभमा परेर सहकारीमा पैसा बचत नगर्न सचेत गराएको छ। दुःख गरेर कमाएको पैसा सुरक्षित राख्नुअघि केही महत्वपूर्ण कुरा बुझ्न महानगरले आग्रह गरेको छ।

सहकारीमा बचत गर्नुअघि यी विषय अनिवार्य जाँच गर्नुपर्छः

  • सहकारी संस्था कानुनी रूपमा दर्ता भएको छ कि छैन ?
  • नियमित रूपमा वार्षिक लेखापरीक्षण गरिएको छ कि छैन ?
  • प्रस्ताव गरिएको ब्याजदर स्वाभाविक र व्यवहारिक छ कि छैन ?
  • सम्बन्धित नियामक निकायको निगरानी र अनुगमनमा छ कि छैन ?
  • संस्थाको वित्तीय पारदर्शिता कस्तो छ ?

महानगरले यस्ता आधारभूत जानकारी नलिई केवल उच्च ब्याजदरको आशामा निर्णय नगर्न आग्रह गरेको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्यालाई ध्यानमा राख्दै नागरिकलाई सचेत गराउन सन्देश जारी गरिएको हो।