Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

उज्यालो नेपाल पार्टीको नयाँ चुनावी एजेन्डा सार्वजनिक।

admin २०८२ फाल्गुन ३ गते
सेयर:

बैंकिङ खबर / उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै घोषणा पत्र सार्वजनिक गरेको छ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले घोषणापत्र प्रस्तुत गरेका छन्।

पार्टीको घोषणापत्रमा संघीय सरकारका मन्त्रालय संख्या १५ र प्रदेश सरकारका ५-७ सदस्यीय बनाउने प्रस्ताव पनि समावेश छ। राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था पनि प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ। घोषणापत्रअनुसार प्रतिनिधि सभा सदस्य संख्या हालको २७५ बाट घटाएर २०१ राख्ने प्रस्ताव गरिएको छ। प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट ३३० कायम राखिने व्यवस्था गरिएको छ। अध्यक्ष घिसिङका अनुसार यसले राज्यको आर्थिक भार कम गर्न मद्दत पुग्नेछ।

प्रदेश सरकारको स्थायित्व सुनिश्चित गर्न मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था राखिएको छ। सरकार गठन भएपछि हरेक वर्ष प्रतिवद्धता कार्यान्वयनको प्रगति रिपोर्ट सार्वजनिक गरिने व्यवस्था पनि घोषणापत्रमा समेटिएको छ। अर्थतन्त्र सुदृढ गर्न र रोजगारीका अवसर सिर्जना गर्न स्वदेशी पुँजीको परिचालनमा जोड दिने नीतिलाई पनि पार्टीले प्राथमिकतामा राखेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।