२०८२ फाल्गुन ३ गते

प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ ढुवानी तयारीमा !

बैंकिङ खबर / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छापिएको छ र ढुवानी तयारी अवस्थामा राखिएको छ। बाँकी ११ लाख ९९ हजार मतपत्र मात्रै छपाइ गर्न बाँकी रहेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ। समानुपातिक प्रणालीका लागि माघ १३ गतेसम्म दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ पूरा भइसकेको छ। प्रत्यक्ष निर्वाचनका लागि दुई करोड ३३ हजार २३ हजार मतपत्र छापिनेछ।

काठमाडौं उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दिनमा करिब एक हजार बाकस प्याकिङ र ११-१५ लाख मतपत्र छपाइ भइरहेको छ।

छपाइ भएको मतपत्र आयोगले क्रमिक रूपमा कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका दुर्गम जिल्लामा पठाइरहेको छ। सहरी र पहुँच सजिलो जिल्लामा भने ढुवानी अझ बाँकी छ।