२०८२ फाल्गुन ३ गते

निर्माण कम्पनीमाथि कडाइ : २० कम्पनी कालोसूचीमा !

बैंकिङ खबर / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कम्पनीहरु माथि कारबाही गरिएको जनाएको हो।

कालोसूचीमा परेका कम्पनीहरू: पिएनडी शेर्पा कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन, च्यांगरासी निर्माण सेवा, हिमदुङ एण्ड थोकर, हिरा एण्ड नमिता जेभी, हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनस, ओम गणेश निर्माण सेवा, डीपी कँडेल निर्माण सेवा, पृथ्वी निर्माण सेवा, पूजा कन्स्ट्रक्सन, चिता एण्ड सल्लेरी एसोसिएसन र सियोन निर्माण सेवा रहेका छन्।

जिम्मा लिएको निर्माण कार्य समयमै सम्पन्न नगरेको ठहर गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।