बैंकिङ खबर / गरिमा सेक्युरिटिज (ब्रोकर नं.७८) एयर ट्रेडमा जोडिएको छ। अत्याधुनिक नयाँ टिएमएस संचालक कम्पनी डिजीहबले ल्याएको एयर ट्रेडमा गरिमा सेक्युरिटिजले (ब्रोकर नं.७८) आफ्नो टिएमएसलाई जोडेको छ।
यस अघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तरगतको टिएमएस संचालनमा रहेको गरिमा सेक्युरिटिजले (ब्रोकर नं.७८) हाल एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गरिरहेको छ। ब्रोकर नं.७८ ले नेप्से अन्तरगत रहेको टिएमएससँगको आफ्नो सम्झौता रद्द गरि आफ्ना ग्राहकहरुलाई डिजीहबको टिएमएस अन्तरगत कारोबार गराईरहेका छन्।
एयर ट्रेडको टिएमएसमा लगानीकर्ताले वेव, डेक्सटप, मोवाईल एपलगायत भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन्। उक्त टिएमएस मार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गनै सक्नेछन्। उक्त टिएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ। यस नयाँ टिएमएसका विशेषताहरु निम्न रहेका छन्।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरु
क) मोवाईल भर्सन
ख) वेव भर्सन
ग) डेस्कटप भर्सन
अन्य अपरेशसन विशेषताहरु
क) शेयर विक्री गर्ने वित्तिकै साही बराबरको रकमले शेयर खरिद गर्न सकिने र त्यसको लागि ब्रोकरलाई भनि राख्नु नपर्ने।
ख) आफ्नो लेजर व्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाईने।
ग) अर्डर बास्केट।
घ) एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने।
ङ) आफुले चाहेको शेयरमा अर्लट राख्न सकिने।
च) रियल टाईममा खरिद विक्रीको अर्लट प्राप्त गर्न सकिने।
छ) सजिलो र छिटो अर्डर राख्ने सकिने।
ज) आफुले चाहे अनुसार जतिपनि शेयरको मार्केट डेप्थ हेन पाईने।
झ) लिंक एण्ड डक फिचर्स भएको।
ञ) मल्टी विन्डो फिचर्स भएको।
ट) शेयर खरिदविक्री पछिको हिसावकिताव र अरु रिर्पोट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको।
