Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेयर सदस्य बढाउन विशेष कार्यक्रम ल्याउने तयारीमा युवा बिकास बहुउद्देश्यीय सहकारी  

२०७३ पुष २४ गते

काठमाडौँको न्युरोडमा रहेको युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

साधारणसभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पुर्याएको बताए ।  

सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै, आर्थिक वर्ष ०७२/०७३ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोबारको विवरण पनि प्रस्तुत गरेका थिए । 

सभामा बोल्दै अध्यक्ष राईले आगामी वर्ष सेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने तयारी रहेको बताए । साथै, युवाहरुका लागि रोजगारी सिर्जना गर्नमा सहकारी लागिपरेको जानकारी गराए । उनले सबैको साथ सहयोगबाट सहकारीले एक बर्षमा १० करोड भन्दा बढीको कारोबार गर्न सफल भएको पनि बताए । 

साधारणसभाले सहकारीको बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिनेलाई सम्मान पनि गरेको थियो । यसरी सम्मानित हुनेमा स्टाफ अर्फ द इयरबाट, आस्मा बिष्ट, बेस्ट निक्षेपकर्ताबाट सौरभ चिरनिया, उत्कृष्ठ ऋणि डोल्ला शेर्पा तामाङ, बेस्ट सपोटर अर्फ इयरबाट गणेश राई लगायत छन् ।