Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बिटक्वाइनसहित क्रिप्टोकरेन्सीको मूल्य तीव्र रूपमा गिरावट !

२०८२ माघ २६ गते

बैंकिङ खबर / विश्वका सर्वाधिक चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन सहित डिजिटल सम्पत्तिहरू अहिले बजार दबाबमा परेका छन्, र यसले लगानीकर्तामा ठूलो चिन्ता उत्पन्न गरेको छ। प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य केही समयअघि उत्कर्षमा रहेको बिन्दुबाट तीव्र रूपमा ओरालो लागेको छ ।

बिटक्वाइनको मूल्य २०२५ को अक्टोबरमा सर्वाधिक १ लाख २२ हजार अमेरिकी डलरसम्म पुगे पनि हाल बजार अनिश्चितताका कारण पुन: खस्दै ६० हजार डलर नजिक पुगेको छ । केही दिन अघि ६६ हजार डलरसम्म फर्किए पनि पुर्न गिरावटको क्रम जारी रहेको छ ।

क्रिप्टो बजारमा भएको यस गिरावटलाई विशेषज्ञहरूले अस्थिर बजार भावना र व्यापक ‘sell‑off’ का रूपमा व्याख्या गरेका छन्। लगातार गिरावटका कारण हजारौं लगानीकर्ताले जोखिमयुक्त सम्पत्ति बेचेर बाहिरिन थालेका छन्, जसले बजार दबाबलाई अझ बलियो बनाएको छ ।

बिटक्वाइन मात्र होइन, अन्य प्रमुख क्रिप्टो टोकन जस्तै इथेरियम र अन्य अल्टकोइनहरू पनि यस गिरावटको चपेटामा परेका छन्। यी सम्पत्तिको मूल्य १३ प्रतिशतभन्दा बढी ओरालो लागेको रिपोर्टहरू आएका छन्, जसले बजारमा व्यापकपना देखाउँछ ।

गिरावटका मुख्य कारण

यो गिरावट अनौठो घटना होइन, क्रिप्टो बजार स्वभावतः अत्यधिक अस्थिर छ । लगातार मूल्य गिरावटका कारण लगानीकर्ताले जोखिमबाट टाढा रहन सिफारिस गर्दै जोखिमपूर्ण सम्पत्ति बेच्दै छन् ।

यसै क्रममा अमेरिकी र अन्तर्राष्ट्रिय सफ्टवेयर तथा प्रविधि कम्पनीहरूको सेयर मूल्य पनि गिरावटमा रहेका छन्, जसले पारम्परिक वित्तीय बजार र डिजिटल सम्पत्ति दुवैमा दबाब सिर्जना गरेको छ । रिपोर्टहरूका अनुसार संयुक्त रूपमा करिब १० खर्ब अमेरिकी डलर बराबरको मूल्य ह्रास आएको छ ।

बजार अवलोकन र भविष्य

बिटक्वाइन र अन्य प्रमुख टोकनहरू गिरावटको चपेटामा परिरहँदा बजारमा ‘बेयर मार्केट’ संकेतहरू देखिन थालेका छन्, र केही विश्लेषकहरू भविष्यमा अझ गहिरो गिरावटको सम्भावनाबारे सचेत गराइरहेका छन् । गिरावटले लगानीकर्तालाई सतर्क बनाइरहेको भए पनि केही दीर्घकालीन लगानीकर्ताले धैर्यता कायम राख्ने रणनीति अपनाइरहेका छन् ।

यसैगरी, बजारहरूको अवस्था निरन्तर अनुगमन गर्ने वित्तीय विश्लेषकहरू चेतावनी दिइरहेका छन्। क्रिप्टो बजारको अस्थिरता छोटो समयमा समाधान नहुनसक्ने सम्भावना समेत छ ।