बैंकिङ खबर / जेनजी आन्दोलनपछि गठन भएको सरकारले नेपाल सरकारको तर्फबाट प्राधिकरणको बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिवलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै आएको छ। सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई सुम्पिएको छ। सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सचिव पौडेललाई प्राधिकरणको अध्यक्षको रूपमा कामकाज गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहेकी पौडेललाई अर्को व्यवस्था नहुँदासम्म प्राधिकरणको अध्यक्षको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उक्त निर्णय सोमबारकै मन्त्रिपरिषद् बैठकबाट भएको उनले बताए।
यसअघि सरकारले प्राधिकरणका अध्यक्ष ओझालाई बर्खास्त गरेपछि उक्त पद रिक्त रहेको छ। नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइए पनि ओझाले सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त गरेपछि नियुक्ति प्रक्रिया रोकिएको अवस्था छ।