Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पछिल्लो ६ महिनामा रोजगारका लागि ५ लाख ९० हजार बढी विदेशीए !

admin २०८२ माघ ८ गते
सेयर:

बैंकिङ खबर /  पछिल्लो ६ महिनामा विदेशीने नेपालीको संख्या ५ लाख ९० हजार पुगेको छ । यो वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमका लागि श्रम स्वीकृति लिएका छन् । यो छ महिना अवधिमा १४१ जना विना कागजात विदेशमा काम गर्दै आएका नेपालीहरूलाई वैधानिकीकरण गरिएको विभागले जनाएको छ । तथ्यांक अनुसार जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा ४ हजार ८ सय ६६ जना जी टु जी मार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना तथा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।