Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पटकपटक अर्थतन्त्रको बागडोर संहालेकाहरु को कहाँबाट चुनाबी मैदानमा !

admin २०८२ माघ ६ गते
सेयर:

बैंकिङ खबर / लामो समयदेखि राजनीतिक नेतृत्वमा कहिँ न कहीँ रहेर काम गरेका तर सरकारको अर्थमन्त्री हुँदा सही योजना र भिजन बनाउन नसकेका व्यक्तिहरु फेरि चुनावी मैदानमा छन् । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वअर्थमन्त्रीहरू मध्ये डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ बाट निर्वाचनमा उमेदवारी दिएका छन् । यसैगरी अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसबाट नुवाकोट १ मा चुनाव लड्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट अर्का पूवर्ज अर्थमन्त्री वर्षमान पुन रोल्पामा निर्वाचन लड्दैछन् । एमालेबाट पटक पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल रुपन्देही २ बाट निर्वाचनमा होमिँदैछन् । पौडेलले यो क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका छन् । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसबाट सुनसरी ४ बाट निर्वाचन लड्दैछन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।