
बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीको सुरक्षा बारे सुरक्षा क्षेत्रको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएका दुर्व्यवहार र बेंकवित्तका कर्मचारीको सरक्षा बारे उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरेका छन् । छलफलमा बैंकर्स एशोसिएशनका पदाधिकारीहरू पनि सहभागि थिए । गभर्नर पौडेलले सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्। कर्जा असुलीमा जाने बैंकका कर्मचारीमाथि आक्रमण हुनु दुखद भएको भन्दै बैंक वित्तको सुरक्षा र कर्मचारीमाथिको सुरक्षाका बारे छलफल भएको हो । कर्मचारीको मनोबल सुधारका लागि पहल कदमी लिनुपर्नेमा गभर्नर पौडेलले ध्यानाकर्षण गरेका छन् ।