Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारको नगद मौज्दात २ खर्ब २ अर्ब ९७ करोड !

२०८२ पुष १३ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनासम्म नेपाल सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यो रकम संघ, प्रदेश र स्थानीय तहसमेतका सरकारी खातामा रहेको हो।

कात्तिक मसान्तसम्म यो मौज्दात स्तर पहुँचेको बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यो रकम १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मात्र थियो। यस अवधिमा सरकारी नगद मौज्दात उल्लेख्य रूपमा बढेको स्पष्ट भएको छ।