Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंक घाटामा, राष्ट्र बैंकको प्रोभिजनले नाफा घटायो !

२०८२ पुष ११ गते

बैंकिङ खबर / राष्ट्र बैंकले थप गरेको करिब ५ अर्ब रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनपछि प्रभु बैंक घाटामा पुगेको छ। बैंकले प्रारम्भिक वित्तीय विवरणमा ५४४ करोड रुपैयाँ नाफा देखाएको भए पनि बाह्य लेखापरिक्षणपछि नाफा मात्र ८७ करोडमा झरेको छ।

सञ्चित नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट २ अर्ब ५६ करोडभन्दा बढी घाटामा पुगेको छ। विशेषज्ञहरूले लगातार तीन वर्षदेखिको वित्तीय फरकले बैंकको सुशासन र पारदर्शितामा कमी आएको बताएका छन्।