बैंकिङ खबर / प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धानका लागि समय थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद थप गरिएको छ । गत मंसिर १४ गते शेरचनसहित पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि अनुसन्धान गर्न पाँच दिन समय थपीएको छ ।