२०८२ मंसिर २९ गते

बैंकका कर्मचारीमाथि दुरव्यबहार गर्ने विरुद्ध प्रहरीले जाहेरी नलिएपछि छाता संगठनको आपत्ति

बैंकिङ खबर / बैंकका कर्मचारीमाथि ऋणीले गरेको कुटपिट र दुर्व्यवहारको जाहेरी लिन प्रहरीले नमानेपछि वित्तीय क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन् । ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीहरूले आक्रमण र कुटपीट गरेका थिए । उक्त घटनाप्रति नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले दोषीलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । अपराधीलाई समयमै कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरी कर्मचारीको मनोबल उच्च बनाइ सुरक्षा प्रत्याभूति गर्नुपर्नेमा जाहेरी नै दर्ता नहुनु अत्यन्त खेदजनक रहेको संगठनहरूले जनाएका छन् ।