
बैंकिङ खबर / बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेसँगै प्रभु बैंकका सबै फाइल खुल्ने संकेत देखिएको छ । बुधबार शाक्य ललितपुरको भनीमण्डलबाट सीआईबीद्धारा पक्राउ परेका थिए । यो पक्राउसँगै प्रभु बैंकका सबै फाइलहरु खुल्ने संकेत देखिएको छ । जसअनुसार लहरो तान्दा पहरो घरकिने अबस्था सृजना भएको छ । उनीसँग मिलेर बैंकका सिइओ अशोक शेरचनले रकम हिनामिना गरेको खुलेको छ । मिलिजुली गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको र अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरेको अभियोग लागेको छ । यसपछि पक्राउ पर्ने लाइनमा सिइओ शेरचनका श्रीमति र सशुरा पनि पर्ने देखिएको छ । समाचार स्रोतको अनुसार शाक्यको बयानसँगै अरु फाइल तानिने छन् । बैंकका सिइओ शेरचन पक्राउ परेसँगै उनको बयानले नै यी फाइलहरु धमाधम खुल्ने देखिएको छ । शेरचनकै अनुसन्धानका क्रममा शाक्यलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पहिलै पक्राउ गरेको थियो ।