२०८२ मंसिर ८ गते

नेपाल धितोपत्र बोर्डद्धारा मार्जिन कारोबार सम्बन्धी नयाँ प्रस्तावना (पूर्ण पाठसहित)

बैंकिङ खबर / नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी नयाँ व्यवस्था अघि सारेको छ । बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) तयार गर्दै मार्जिन कारोबार सम्बन्धी नयाँ व्यवस्था सुरु गरेको हो । जस अन्तरगत धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्य राखिएको छ । ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’को मस्यौदामा कम्तिमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको सूचिकृत संगठित संस्थाको सेयरलाई मात्रै मार्जिन कारोबारमा सहभागि गराईने छ । मार्जिन कारोवार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यतामा पनि बोर्डले हेरफेर गरेको छ । प्रस्तावमा चुक्ता पुँजी कम्तिमा २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको धितोपत्र दलाल व्यवसायीलाई यो सुविधा दिइने छ ।

dhito bord