२०८२ मंसिर ३ गते

नेप्से सुधार समिति गठन, घाइते राहत र बहुराष्ट्रिय अनुदान स्वीकृत

बैंकिङ खबर/ सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधार गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ। प्रकाशजंग केसीको नेतृत्वमा सञ्चालन हुने समितिले नेप्सेको दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजार नियमन, शासन प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधारका सिफारिस पेश गर्नेछ।

त्यसैगरी, मन्त्रिपरिषद्ले ‘जेनजी आन्दोलनमा घाइते २,४२९ जनालाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै, नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनको अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्ने र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत नर्वेबाट ५ मिलियन र स्वीटजरल्याण्डबाट २.१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।