Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अभियान लघुवित्तले गर्यो अन्नदान !!

२०८२ मंसिर ३ गते

बैंकिङ खबर/ काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिकोत्सबको अवसरमा अन्नदान कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले पनौती–९, त्रिवेणीधाम स्थित प्राणनाथ माइती वृद्धाआश्रमलाई अन्नदान गरेको हो ।

सोमबार एक कार्यक्रमका विच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल लगायत विभागीय प्रमुखहरुको उपस्थितिमा वृद्धाआश्रममा आश्रित वृद्धवृद्धालाई खानाको प्रबन्धको लागि चामल, दाल, आलु, तेल, नुन, हरियो सब्जी लगायतको खाद्यअन्न वितरण गर्नु भएको हो ।