बैंकिङ खबर / बैंकवित्तमा व्याजदर घट्ने क्रम निरन्तर जारी रहेको छ । पछिल्लो समय लगानीको वातावरण नहुँदा बैंकवित्तमा लगानीयोग्य रकम बढेको छ । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमध्ये केहीले व्याजदर घटाएका छन् भने केहीको स्थीर छ । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपमा करिव ०.१६ प्रतिशत घटेको छ ।
हालको रिपोर्टअनुसार ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत । मंसिरमा १० बैंकको स्थीर र १० बैंकले व्याजदर सामान्य घटाएका छन् ।
एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिद्धार्थबैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंकले व्याजदरमा सामान्य घटाएका छन् । औषतमा ०.१६ प्रतिशत घटेको छ । यसैगरी कृषि विकास बैंक, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंक छन् । नेपाल राष्ट्र बैंकको नीतिगत रुपमा स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।