२०८२ कार्तिक २२ गते

वाणिज्य बैंकहरुको नाफा घट्यो, ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा धेरै !

बैंकिङ खबर/ जेन्जी आन्दोलनपछि बैंकहरुले सार्बजनिक गरेको विवरण अनुसार वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरूको नाफा १८.७८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् । तर यो नाफा अघिल्लो बर्षको सोही अबधिको तुलनामा १८.७८ प्रतिशतले कमि हो ।

असोजसम्ममा ५ वटा बैंकहरूको नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । जसअनुसार राष्ट्रिय वाणिज्य बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख नाफा गरेको थियो । उसको नाफा बढेको छ । यसैगरी ग्लोबल आईएमई बैंकको पनि नाफा बढेको छ । उसले १ अर्ब ८५ करोड ८६ लाख नाफा कमाएको छ । यसैगरी सानिमा बैंकले ४५ करोड ४९ लाख रूपैयाँ, एनआईसी एसिया बैंकले १२ करोड २१ लाख रूपैयाँ र एभरेष्ट बैंकले भएर १ अर्ब १७ करोड ९२ लाख नाफा कमाएका छन् । यस्तैगरी माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख, एनएमबि बैंकले ९१ करोड ५९ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख, नाफा कमाएका छन् । यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख, नेपाल बैंकले ५८ करोड ८२ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड ८४ लाख, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख नाफा कमाएको छ ।

 कृषि विकास बैंकले ५७ लाख ३८ हजार रूपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख रूपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख नाफा कमाएका छन् ।

उता सिटिजन्स बैंकले भने घाटा व्यहोरेको छ । सो बैंकको २२ करोड ४ लाख ऋणात्मक देखिएको छ ।