Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ पुस २७ गतेदेखि

admin २०७३ पुष १९ गते
सेयर:

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ साधारण सेयर (एफपिओ) आगामी पुस २७ गतेदेखि खुला हुने भएको छ । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ विक्री खुला गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई प्रति कित्ता १४२५ रुपैयाँमा एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गर्नेछ । 

कम्पनीले संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि नयाँ साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ । एफपिओ निष्काशन गर्ने प्रस्ताव कम्पनीको १६ औं बार्षिक साधारण सभाले पारित गरेको थियो । 
 
नेपाल लाइफको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । छिटोमा माघ २ र ढिलोमा माघ १२ गतेसम्म विक्री खुला रहने एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकसहित ७९ वटा स्थानबाट आवेदन दिन सकिनेछ । 

हाल नेपाल लाइफको चुक्ता पुँजी दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।