Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

२०८२ आश्विन २२ गते
सेयर:

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लक्षित गर्दै १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।

बैंकले चालु आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।