Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको लाभांश घोषणा

२०८२ आश्विन ५ गते
सेयर:

बैंकिङ खबर/ सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ । असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आव २०८१/८२ को मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।

सानिमा बैंकले विगतका वर्षहरूमा समेत नियमित रूपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । यसपटक पनि नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो ।