
बैंकिङ खबर/ धितोपत्र बोर्डको शनिबार बसेको बैठकले १५ मिनेटको औसत गणना गर्ने विधि हालका लागि स्थगन गर्ने निर्णय गरेको छ। बोर्डले लगानीकर्ताबाट आएको तीव्र दबाबलाई सामना गर्न नसकेर यस्तो निर्णय लिएको जनाएको छ।
धितोपत्र बोर्डका सञ्चालक हेमराज ढकालले भने,’लगानीकर्ताको मागलाई सम्बोधन गर्न भन्दै हाललाई १५ मिनेटको औसत गणना विधि स्थगन गर्ने निर्णय गरियो।’ आज बिहानैदेखि लगानीकर्ताहरू बोर्डको परिसरमा जम्मा भई विरोध प्रदर्शन गरेका थिए। बाहिरबाट गरिएको चर्को विरोधपछि बोर्डले दबाब थेग्न नसकी औसत गणना विधि स्थगन गर्ने निर्णय लिन बाध्य भएको हो।
अब आइतबारदेखि १५ मिनेटको औसत कारोबार लागू हुने छैन। यसअघि जस्तो, अन्तिम कारोबार मूल्य नै अन्तिम मूल्यको रूपमा मानिने छ।
