Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेका सीईओ, धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्षलाई हटाउन माग

२०८२ आश्विन २ गते
सेयर:

बैंकिङ खबर/ धितोपत्र बजार सुधारको मागसहित सेयर लगानीकर्ताहरू सक्रिय बनेका छन् । उनीहरूले नेपाल बिमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नेतृत्वले लगानीकर्ताको भावनाअनुसार काम नगरेको भन्दै तत्काल हटाउन आग्रह गरेका छन् ।

बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई भेट्दै चार प्रमुख लगानीकर्ता संघका पदाधिकारीहरूले नियामक निकायमा हुने नियुक्तिमा बिचौलियाको प्रभाव बढेको र त्यसले पुँजीबजार सुधारको बाटो रोकेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

धितोपत्र क्षेत्रका कमीकमजोरीकै कारण सुधार, विकास र विस्तारमा अवरोध भएको भन्दै उनीहरूले तत्कालीन र दीर्घकालीन सुधार कार्यक्रम अघि बढाउन सरकारलाई मागसमेत बुझाएका छन् । यसका लागि जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्तरूपमा दबाब दिएका हुन् ।

लगानीकर्ताहरूको मुख्य माग

-वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाउने प्रवृत्ति तत्काल रोक्नुपर्ने

-धितोपत्र बोर्ड, नेप्से र सीडीएसमा सक्षम व्यक्तिहरूलाई नियुक्त गर्ने

-आवधिक सरुवाको व्यवस्था गरेर काममा चुस्तता ल्याउने

-पुँजीबजारमा विगतदेखि लाग्दै आएका सीमा हटाउने

उनीहरूले धितोपत्र बोर्डको कार्यपद्धतिमा आमूल सुधार नगरेसम्म पुँजीबजारमा स्थायित्व आउन नसक्ने भन्दै अर्थमन्त्रीलाई कडा कदम चाल्न आग्रह गरेका छन् ।