Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से असोज २ गतेसम्म बन्द

२०८२ भाद्र २७ गते
सेयर:

बैंकिङ खबर/हालैका राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता देखिने संकेत भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति लिएर नेप्सेले असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको हो।

नेप्सेका अनुसार बजारमा अस्थिरता र अनिश्चिततालाई ध्यानमा राख्दै लगानीकर्ताको सुरक्षाका लागि यो कदम उठाइएको हो। यस अवधिमा कुनै पनि शेयर कारोबार हुने छैन।