Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुधबार र बिहीबार सेयर बजार बन्द

२०८२ भाद्र २५ गते
सेयर:

बैंकिङ खबर/ बुधबार र बिहीबार सेयर बजार बन्द हुने भएको छ । हाल देशको विषम परिस्थितिका कारण कारोबार संचालन गर्न सक्ने अवस्था नरहेको र कारोबार सदस्य तथा लगानीकर्ताहरुले पनि कारोबार स्थगन गर्न अनुरोध गरेका कारण आज भदौ २५ गते बुधबार २६ गते बिहीबार दुई दिन सेयर बजार बन्द हुने भएको हो ।

नेपाल सटक एकसचेञ्ज (नेप्से) ले एक सूचना प्रकाशित गर्दै भदौ २५ र २६ गते लागि सम्पूर्ण धितोपत्रको कारोबार स्थगन भएको जनाएको छ ।

‘हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ नेप्सेले जारी गरेको सूचनमा भनिएको छ ।

मंगलबार पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि सेयर बजार बन्द भएको थियो ।