साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ८४ करोड भन्दा बढी रुपैँयाको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३१ वटा कम्पनिको १३ लाख ३५ हजार १ सय ७४ कित्ता शेयर ३ हजार ९ सय ५८ पटक खरिदविक्रि हुँदा ८४ करोड ५४ लाख ४० हजार १ सय ९९ रुपैँया बराबरको कारोबार भएको छ । परिसूचक ११.६१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से १३५७.१४ अंकमा पुगेको छ ।
कुल कारोबारमध्ये, एभरेस्ट बैँकको सबैभन्दा धेरै ५ करोड ७८ लाख ६३ हजार ७ सय २१ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने एनएमबी बैँक र एसबीआई बैँकको ४ करोडमाथिको कारोबार भएको छ । ग्लोबल आइएमई बैँक, नेपाल बैँक, नविल बैँक र सिटिजन्स बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मिसन डेभलपमेन्ट बैँकका लगानीले ९.५९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, इनोभेटिभ डेभलपमेन्ट बैँक, गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स, ओरियन्टल होटल्स लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैँकको संस्थापक शेयरधनीले विहिबार १० प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् । सेन्ट्रल फाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, यति डेभलपमेन्ट बैँक लगायतले पनि धेरै गुमाएका छन् ।
जलविद्युत्, फाइनान्स र वीमा समूहबाहेक विहिबार कारोबार भएका सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै अन्य समूहको शेयर २३.४९ अंकले बढेको छ । वाणिज्य बैँक, होटल, उत्पादनमूलक र विकास बैँक समूह क्रमशः १८.०५, ०.९९, ०.२६ र ०.०१ अंकले बढेका छन् । सबैभन्दा धेरै विमा समूहको शेयर ४३.३२अंकले घटेको छ । त्यस्तै, जलविद्युत् र फाइनान्स समूहको शेयर क्रमशः ६.३३ र १.१२ अंकले घटेका छन् ।