Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको अन्तिम दिन ११.६१ अंकले बढ्यो नेप्से, ८४ करोडको कारोबार

२०७२ चैत्र ११ गते

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ८४ करोड भन्दा बढी रुपैँयाको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३१ वटा कम्पनिको १३ लाख ३५ हजार १ सय ७४ कित्ता शेयर ३ हजार ९ सय ५८ पटक खरिदविक्रि हुँदा ८४ करोड ५४ लाख ४० हजार १ सय ९९ रुपैँया बराबरको कारोबार भएको छ । परिसूचक ११.६१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से १३५७.१४ अंकमा पुगेको छ । 

कुल कारोबारमध्ये, एभरेस्ट बैँकको सबैभन्दा धेरै ५ करोड ७८ लाख ६३ हजार ७ सय २१ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने एनएमबी बैँक र एसबीआई बैँकको ४ करोडमाथिको कारोबार भएको छ । ग्लोबल आइएमई बैँक, नेपाल बैँक, नविल बैँक र सिटिजन्स बैँकको ३ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मिसन डेभलपमेन्ट बैँकका लगानीले ९.५९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, इनोभेटिभ डेभलपमेन्ट बैँक, गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स, ओरियन्टल होटल्स लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैँकको संस्थापक शेयरधनीले विहिबार १० प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् । सेन्ट्रल फाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, यति डेभलपमेन्ट बैँक लगायतले पनि धेरै गुमाएका छन् । 

जलविद्युत्, फाइनान्स र वीमा समूहबाहेक विहिबार कारोबार भएका सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै अन्य समूहको शेयर २३.४९ अंकले बढेको छ । वाणिज्य बैँक, होटल, उत्पादनमूलक र विकास बैँक समूह क्रमशः १८.०५, ०.९९, ०.२६ र ०.०१ अंकले बढेका छन् । सबैभन्दा धेरै विमा समूहको शेयर ४३.३२अंकले घटेको छ । त्यस्तै, जलविद्युत् र फाइनान्स समूहको शेयर क्रमशः ६.३३ र १.१२ अंकले घटेका छन् ।