Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

छानबिन प्रतिवेदन : बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाको डकुमेन्ट संकास्पद

२०८२ भाद्र २ गते

 बैंकिङ खबर/ छानबिन समितिले बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको योग्यता शंकास्पद भएको निष्कर्ष प्रस्तुत गरेको छ। पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले प्रतिवेदन बुझाएको हो । समितिले ओझाद्धारा पेस गरेका कागजातमा बिमा प्राधिकरणका लागि आवश्यक अनुभव नभएको निष्कर्ष प्रस्तुत गरेको हो । निलम्बित अध्यक्ष शरद ओझाले नियुक्त हुँदा पेस गरेका कागजात ‘शंकास्पद’ रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।

प्रतिवेदन अनुसार सम्बन्धित क्षेत्रको न्यूनतम अनुभव पूरा नभएको, कार्यसम्पादन कमजोर रहेको लगायत विषय उल्लेख गरिएको छ । प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । प्रतिवेदनलाई आधार बनाएर आगामी मन्त्रिपरिषद्को बैठकबाट ओझालाई बर्खास्त गर्ने सरकारको तयारी छ । त्यपछि नयाँ अध्यक्षको लागि बाटो खुल्ने छ ।