
बैंकिङ खबर/प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ।
यस अवधिमा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा कम्पनीको नाफा ३६ करोड ६१ लाख रुपैयाँ थियो।
कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.२२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिसम्म बीमा शुल्क ४ अर्ब २३ करोड रुपैयाँ मात्र थियो।
हाल कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४१ लाख रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ७ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९२ पैसा र मूल्य–आम्दानी अनुपात ७१.९६ गुणा रहेको कम्पनीले जनाएको छ।
