Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आयो सेयरमा लगानी गर्ने अवसर : समता माइक्रोफाइनान्सको आईपिओ पुस १९ गतेदेखि

२०७३ पुष १२ गते
सेयर:

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ९४ हजार ८०० कित्ता साधारण सेयर (आईपिओ) पुस १९ गतेदेखि विक्री गर्ने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित मूल्यमा ९४ लाख ८० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । जसमध्ये, एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारी र चार हजार ७४० कित्ता म्युचुअल फण्डहरुलाई आरक्षित गरिएको जनाइएको छ । बाँकी सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 उक्त आईपिओमा छिटोमा पुस २२ र ढिलोमा माघ ४ गतेसम्म आवेदन दिन पाइनेछ । न्युनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । समताको सेयर सिनष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, बारास्थित माइक्रोफाइनान्सको कार्यालय लगायत बिभिन्न ११ संस्थामा सेयर आवेदन बुझाउन सकिने बताइएको छ ।

बाराको सिमरामा प्रधान कार्यालय रहेको माइक्रोफाइनान्सको चुक्ता पूँजी हाल दुई करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ । आईपिओ बाँडफाँड गरेपछि संस्थाको पुँजी तीन करोड १६ लाख रुपैयाँ पुग्नेछ ।