बैंकिङ खबर / नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक स्तरमा महत्वपूर्ण प्रशासनिक पुनर्संरचना गरिएको छ। रिक्त पदमा बढुवा र विभिन्न विभागहरूमा जिम्मेवारी हेरफेर गरिएको हो।
यसै क्रममा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत गुरुप्रसाद पौडेल लाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ। गभर्नरको कार्यालयमा कार्यरत मुक्तिनाथ सापकोटा लाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाइएको छ। त्यस्तै, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका राजनविक्रम थापा लाई लघुवित्त संस्था सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। यो जिम्मेवारी पूर्व कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशपछि खाली रहेको थियो। राष्ट्र बैंकभित्रको यस पुनःसमायोजनलाई प्रशासनिक कार्यदक्षता र विभागीय सन्तुलन मिलाउने कदमका रूपमा लिइएको छ।
हालै कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशपछि रिक्त रहेको पदमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला लाई बढुवा गरिएको छ। उनलाई जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।


