Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आईसीएफसी फाइनान्समा रोजगारी : अनुभव नभएकालाई पनि अवसर

admin २०७३ पुष ११ गते
सेयर:

राष्ट्रिय स्तरको फाइनान्स कम्पनी आईसीएफसी फाइनान्स लिमिटेडले केही संख्यामा व्यवस्थापक र एसिस्टेन्ट लेभलका  कर्मचारी माग गरेको छ । कम्पनीले निकट भविष्यमा विस्तार गर्न लागेको चितवन, स्याङ्जा र काठमाडौँका शाखाहरुका लागि शाखा व्यवस्थापक र एसिस्टेन माग गरेको हो । 

शाखा व्यवस्थापकका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी कम्तीमा ३ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ ।

एसिस्टेन्ट लेभलका लागि पनि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । उमेर २६ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ३१ डिसेम्बर अर्थात पुस १६ गतेभित्र निवेदन र हालसालै खिचेको फोटो कम्पनीको इमेल ठेगाना finance.vacancy2016@gmail.com मा पठाउनुपर्नेछ । सर्ट लिस्टेड उम्मेदवार मात्रै अन्तर्वार्ताका लागि बोलाइने बताइएको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।