Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आईएमई पे र खल्तीबीच मर्जपछि ‘आईएमई खल्ती लिमिटेड’ बन्ने

२०८२ असार ६ गते

बैंकिङ खबर/आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ कायम भएका छन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका हुन् ।

दुई संस्था मर्ज भएर साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

अब दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेबाट एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन हुने भुक्तानी तथा फछ्यौट हुनेछ ।