
बैंकिङ खबर/ सांसद भगवती चौधरीले आगामी बजेटमा सकारात्मक विषय समेटिएको बताएकी छन् । साथै उनले बजेटको शतप्रतिशत कार्यान्वयन चुनौती रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘देशको आर्थिक अवस्था नाजुक छ । अर्थतन्त्र द्रुत रूपमा चलायमान छैन । वैदेशिक व्यापार उच्च घाटा, रेमिट्यान्समा उच्च निर्भरता भएको देखिन्छ ,’ उनले भनिन्,‘बजेटको शतप्रतिशत कार्यान्वयन हुन नसक्नु जस्ता धेरै चुनौती छन् ।
यो बजेटले जेनजी पुस्तालाई देशमै अवसर प्रदान गर्ने ३ प्रतिशत ब्याजदरमा ऋण महिलाको नाममा उद्योग दर्ता गर्दा हुने छुटलगायत सकारात्मक कुराहरू रहेको उनको तर्क छ ।
उनकाअनुसार शिक्षा, विद्यालय पूर्वाधारमा सहयोग गर्ने देखि नियो बैंकका कुराहरू जोडेर ल्याएको बजेटमा सकारात्मक पक्ष रहेको छ । भन्सारको ऐन निर्माणका कुराहरू निर्यात प्रवद्र्धन गर्ने, आर्थिक गतिविधि चलायमान बनाउने कर सुधार तर्फ दोहोरो कर प्रणालीलाई रोक्ने निजी क्षेत्रलाई प्रवद्र्धन गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने लगायत सकारात्मक कुराहरू रहेको बताइन् ।
‘१२ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य डिजिटल तथा हरित अर्थतन्त्र ल्याउने गरी बजेटमा आएका विषय सकारात्मक छन्,’ उनले भनिन्,‘ तर बजेट कार्यान्वयनमा केहि चुनौती छन् ।’




